Monday, November 16, 2009

Nasha s newly publishpic

सीमामा काँडेतारको प्रस्ताव


काठमाडौं, २०६६ कार्तिक २९ - भारतीय सीमा सशस्त्र बल -एसएसबी) ले नेपाल सीमामा काँडेतार लगाउने प्रस्ताव केन्द्र सरकारलाई पठाएको छ । दुवै मुलुकबीच करिब १८ सय किलोमिटर खुला सीमा छ । दुवै देशका नागरिकले सीमाबाट बिना रोकतोक ओहोरदोहोर गर्दै आएका छन् ।

भारतीय सरकारले आफ्नो क्षेत्रमा सीमाबाट ७ देखि १२ किलोमिटर दूरीमा एसएसबीको चौकी राखेको छ । सात सय किलोमिटर भारत-नेपाल सीमामा एसएसबीको नौ बटालियन तैनाथ रहेको गतवर्षको तथ्यांकमा देखिन्छ ।

उच्च भारतीय राजनीतिक स्रोतका अनुसार सन् २००९ को मे महिनामा भारतको केन्द्र सरकारले संवेदनशील क्षेत्रमा सुरक्षा टावर स्थापना गर्न र बोर्डर क्षेत्रलाई सिल गर्ने प्रस्ताव मागेको थियो । 'पूर्ण स्थितिको आकलनपछि यो निष्कर्ष निकालिएको छ कि संवेदनशील क्षेत्रलाई तारजाली लगाएर मात्र घुसपैठलाई रोक्न सकिँदैन', एसएसबीले केन्द्र सरकारलाई पठाएको प्रतिवेदनमा उल्लेख छ, 'सम्पूर्ण क्षेत्रबाट घेराबन्दी गर्नुपर्छ ।'

काठमाडौंस्थित भारतीय दूतावासका प्रथम सचिव अपूर्वा श्रीवास्तवले यसबारे आफूलाई जानकारी नरहेको बताइन् । नेपाल सरकारलाई पनि जानकारी नरहेको गृहसचिव डा. गोविन्द कुसुमले बताए । 'केही समयअघि काठमाडौंमा भएको सचिवस्तरीय द्विपक्षीय बैठकमा पनि यस विषयमा कुनै छलफल भएको थिएन,' उनले कान्तिपुरसँग भने ।

उत्तर प्रदेश र बंगालसँग सीमा जोडिएको बाहेक बिहारको किसनगन्जदेखि सुपौलको निर्मलीसम्म सीमा असुरक्षित रहेको उल्लेख गर्दै एसएसबी बिहारका एक उच्च अधिकारीले सीमा पूर्णरूपमा घेर्ने प्रस्ताव केन्द्रलाई पठाएको कान्तिपुरलाई बताए । किसनगन्जस्थित बटालियनका उच्च अधिकारीले कान्तिपुरसँग भने, 'केन्द्रले जे प्रस्ताव मागेको थियो त्यो पठाइदिएका छौं । निर्देशन र बजेट प्राप्त हुँदै घेराबन्दीको काम सुरु गरिनेछ ।'

भारतीय सञ्चार माध्यमले नेपालमा शरण लिएका उग्रवादीका एजेन्टले खुला सीमाको लाभ उठाउने उल्लेख गर्दै आएका छन् । 'नेपालमा बदलिएको चिनियाँ नीति, आतंकवाद, तस्करी, नक्कली नोट लगायतका प्रसंगले भारतलाई काँडेतार लगाउनेतर्फ पहल गर्न बाध्य गरिरहेको छ,' एक उच्च भारतीय राजनीतिक स्रोतले भन्यो ।

दुई वर्षयता ठाउँठाउँमा भारतले सीमाको सुरक्षा व्यवस्थालाई समेत 'हाइटेक' -उच्च प्रविधियुक्त) बनाइरहेको छ । उत्तर प्रदेशसँग सीमा जोडिएका मुख्य आवागमन मार्गमा भारतले सीसीटीभी जडान गरिसकेको छ ।

स्रोतका अनुसार एक वर्षअघिदेखि एसएसबी र नागरिक पुलिसलाई सीमा क्षेत्रमा विशेष सतर्कता अपनाउनसमेत निर्देशन दिएको छ । नेपाली महिला बेचबिखन निगरानी गर्न केही समयअघि भारतले महिला शाखा राखेको छ । गतवर्ष केन्द्र सरकारले एसएसबीको नयाँ चौकी निर्माण तथा ७५० महिलाकर्मी तैनाथीको निर्णय गरेको थियो ।

तीन महिनाअघि नयाँदिल्लीमा प्रधानमन्त्री, गृहमन्त्री समेतको संलग्नता रहेको एउटा कार्यक्रममा बिहारका मुख्यमन्त्री नितिश कुमारले समेत नेपालसँग जोडिएको ७२६ किलोमिटर खुला सिमानामा सीमा सडकको निर्माण लगायतबारे विशेष सतर्कताको वकालत गरेका थिए ।

नितिश कुमारले खुला सिमानाबाट गैरकानुनी घुसपैठ, लागू पदार्थको तस्करी, जाली नोट, मानव तस्करी, नक्सलवादी उग्रवाद, अवैध अस्त्रको तस्करीसहित आपराधिक एवं अन्य समस्या उत्पन्न भइरहेको बताएका थिए । उनले भनेका थिए, 'भारत-बंगलादेश, भारत-पाक सीमाजस्तै भारत-नेपाल सीमामा समेत सुव्यवस्थित रूपले प्रबन्धन गर्नु आवश्यक छ ।'

प्युठानको नक्शा

jungle of pyuthan


Sunday, November 15, 2009

pyuthan

प्युठान

Pyuthan District, a part of Rapti Zone, is one of the seventy-five districts of Nepal, a landlocked country of South Asia. The district, with Pyuthan Khalanga as its district headquarters, covers an area of 1,309 km² and has a population (2001) of 212,484.

This hill district is in mid-western Nepal some 250 km west of Kathmandu. It borders Dang Deukhuri District to the southwest along the crest of the Mahabharat Range and extends about 50 km northeast through the Middle Hills to a 3,000+ meter ridge that is both Pyuthan's border with Baglung district of Dhaulagiri Zone and the main watershed between the (west) Rapti and Gandaki River basins. Pyuthan borders Rolpa district to the west. Pyuthan and Rolpa share most of the Jhimruk Khola and Mardi Khola upper tributaries of the (west) Rapti watershed, above their conjuction in the Mahabharat Range. On the southeast Pyuthan borders Lumbini Zone including Arghakhanchi and Gulmi districts.

The valley of Jhimruk Khola is the core of Pyuthan district. Bahun and Chhetri farmers grow rice on its irrigated floodplain and they are catered to by Newar merchants. Highlands around the valley are mostly inhabited by Magars, including Kham Magar at higher elevations. The district center Pyuthan Khalanga is situated on a hillside east of the Jhimruk, some 500 meters above it. Mardi Khola has eroded an inner gorge and is less suited to traditional agricultural development. At Cherneta a hydroelectric project exploits the two rivers bending within about 1 km of each other, with the Jhimruk some 200 meters higher.

The valleys have a subtropical climate, a little too much winter chill for bananas and papayas and just below the upper elevation limit for mangoes. Citrus, asian pear and mulberries are grown as cash crops in surrounding hills. Snow occasionally falls above 2,400 meters, dusting the tops of higher local mountains but not lasting more than a day or two.

Scheduled buses serve Pyuthan via a spur road off the main east-west Mahendra Highway.

Swargadwari -- a hilltop temple complex and pilgrimage site celebrating the importance of cows in Hinduism -- is located in the southern part of this district.